कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आजको राशिफलः २०८० असार ८ शुक्रबार, कसको भाग्य कस्तो रहनेछ ? हेर्नुहोस्

मकरलाई खर्च भन्दा कमाई नै बढी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ८ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुन २३ तारिख आषाढ शुक्ल पक्षको पञ्चमी तिथि मघा नक्षत्र वज्र योग कौलव करण आनन्दादियोगमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः११ बजे भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष – स्वास्थ्यका दृष्टिकोणले राम्रो समय भए पनि मनमा दुविधा रहन सक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । काममा बाधा र हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला । सामाजिक काममा चाहिँ नाम रहने योग छ । प्रेमभाव बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ

वृष – प्रेम र मित्रताको बन्धन कसिने दिन छ । वैवाहिक जीवन सुखद रहला । पाहुनाको आगमन होला । चल–अचल सम्पत्तिको कारोबार हुनेछ । विभिन्न सहयोग र उपहार पाइने योग छ । काम बन्नाले मन रमाउने छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ब्यस्तता बढ्ला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आरोग्यता र पराक्रम बढ्नेछ । परोपकारकारका क्षेत्रमा मन आकर्षित होला । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रिय साथीसँग भेटघाट हुने योग पनि छ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने समय छ, सावधान रहनुहोला । अनावश्यक रूपले धन नाश हुन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका लागि खानपानमा विचार पुऱ्याउनुहोला । यात्राको क्रममा सावधान रहनुहोला । खेलकुदजन्य कार्यमा रुचि बढ्ला ।

सिंह – प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनाले दिन रमाइलै रहला । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । आज ठुला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सुखद खबर सुन्न सक्नुहुनेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । अधुरा कामहरु सम्पन्न हुनसक्ने समय रहेको छ । आयआर्जन हुने दिन छ, मनमा हर्ष छाउनेछ । रमाइलो यात्राको पनि योग रहेको छ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला – नयाँ काम पाउने र धन मनग्य कमाउने अवसर मिल्ने समय छ । टाढाको यात्रा हुने योग छ, यात्रा सुखद रहला । आज लेनदेको काम भने नगरेकै बेश होला । पाहुना आगमनको योग छ । शुभ काममा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । समृद्धि बढोत्तरी हुनेछ ।

वृश्चिक – ब्यर्थको खर्च हुने र स्वास्थ्यमा गडबडीकोे सम्भावना छ । खानपानमा एकदमै सजक रहनुहोला । धननाश हुन सक्छ, साथै प्रेममा पनि धोका हुने योग छ । महत्वपूर्ण समय सानातिना काममा बित्नेछ । सहयोगीहरूले साथ दिए पनि काम अधुरै रहन सक्छ । दायित्व बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केहि दुविधा रहला । तथापि, काममा सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर –ाई खर्च भन्दा कमाई नै बढी हुने लको दिन धन आर्जनका नयाँ बाटा खुल्न सक्छन् । खर्च भन्दा कमाई नै बढी हुनेछ । कृषिक्षेत्रमा भने अलिक बढी लगानी र परिश्रम गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । मनमा हर्ष उल्लास छाउनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन कामहरु सजिलैसँग बन्नेछन् । सुखविलास तथा इच्छाशक्ति बढ्नेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काममा जाँगर थपिने छ । आर्थिक लाभ होला । पारिवारिक सुख मिल्ने दिन छ । प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नेछ । यात्रामा सफलता प्राप्त होला ।

मीन – दिन सोचेअनुरुप सुखद नरहन सक्छ । वादविवादको सामना गर्नुपर्ला । पेशागत रूपमा समस्या देखिनुका साथै घरपरिवारमा पनि केही मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ तर ब्यर्थै समयको नाश होला । उदासिनता बढ्ने योग छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकाले धोका दिन सक्छन् । साझेदारीको काम भने बन्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार