काठमाण्डौंः पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक शिरीष रिजालको निधन भएको छ । विराटनगर महानगरपालिका–२ का बासिन्दा रिजालको शुक्रबार राति मृत्यु भएको हो ।
रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गरेका थिए । शुक्रबार राति गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
रिजाल विराटनगरका उद्योगी पनि हुन् । उनी नेपाल जुट मिल्स प्रालीका सञ्चालक हुन् । उनका दुई छोरी र एक छोरा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया