असार २४, २०८२ मंगलबार July 8, 2025

बारामा थप तीन प्रहरीमा कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका थप तीन जना प्रहरीमा कोरोना भाईरस देखिएको छ ।

कोरोना देखिनेमा पर्सा जिल्ला घर भएका वर्ष ३२ का प्रहरी जवान, कलैया उपमहानगरपालिका १६ वर्ष ३४ का प्रहरी हवल्दार र रौतहट घर भएका वर्ष ३४ का प्रहरी जवान गरी तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमित रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन।

कोरोना भाईरस देखिएका प्रहरी कर्मचारीहरुलाई जिल्ला अस्पताल कलैयामा लैजाने तयारी भइरहेको प्रजिअ पण्डितले बताएका छन । उनीहरु जेष्ठ ३ गते स्वाब संकलन गरी परिक्षणको लागि काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाईएको थियो । अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुको खोजि कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिएका छन।

आजै सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका वर्ष ४९ का प्रहरी नायब निरिक्षक (सई) को कोरोना पुष्टि भएको केही मिनेटपछि थप तीन प्रहरी कर्मचारीमा कोरोना देखिएको प्रजिअ पण्डितले बताएका छन ।

यस भन्दा अघि जेष्ठ ३ गते जिल्ला प्रहरी कार्यालय बारामा नै कार्यरत रहेका वर्ष ३५ का मुद्धा फाटका प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार