काठमाडौंः एलएलबी प्रथम वर्ष (नयाँ तथा पुरानो पाठ्याक्रम) अन्तगत नियमित, आंशिक तथा आंशिक मात्र परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम खुलेको छ । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा फाराम भर्ने समय असार १० गतेदेखि आगामी श्रावण ०९ गतेसम्म तोकेको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०८० सालमा संचालन हुने स्नातक तह (एल.एल.बी.) प्रथम वर्षको परीक्षा दिने आंशिक परीक्षार्थीहरुले आ आफ्नो क्याम्पसमा आगामी श्रावण ९ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता दिन भित्र दोव्वर दस्तुर सहित आवेदन फारम भरि बुझाउन हुन सूचना प्रकाशित गरेको त्रिवद्धारा जारी सुचनामा जनाएको छ ।
३ वर्षे स्नातक तह २०७१ सालमा भर्ना भई २०७२ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुने समेत त्रिविले जनाएको छ ।
त्रिविद्धारा जारी सूचना हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया