मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इटालियन फुटबल खेलाडीहरूलाई ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध

सेमिटिज्म विरुद्धको अभियानमा लड्नको लागि खेलाडीलाई नम्बर ८८ को जर्सी लगाउन प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इटालियन फुटबलमा खेलाडीलाई ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध लगाइएको छ । मङ्गलबार घोषणा गरिएको सेमिटिज्म विरुद्धको अभियानमा लड्नको लागि खेलाडीलाई नम्बर ८८ को जर्सी लगाउन प्रतिबन्ध लगाएको हो ।

इटालीको सरकारका प्रतिनिधि र इटालियन फुटबल संघले मंगलबार यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । नम्बर ८८ ‘हेल हिटलर’ को एक संख्यात्मक कोड हो। ८८ नम्बरको जर्सीले जर्मन नाजीको नारालाई बढावा दिएको भन्दै उक्त जर्सी प्रयोग गर्न रोक लगाइएको समाचारमा जनाइएको छ ।

मार्चमा, ‘हिटलरसन’ नामको लाजियो शर्ट लगाएको र यसमा नम्बर ८८ लेखिएको एक प्रशंसकलाई रोमन क्लबको खेलहरूमा उपस्थित हुन आजीवन प्रतिबन्ध लगाइएको थियो।

८८ नम्बरको जर्सी लगाउने समर्थकलाई समेत रंगशाला प्रवेशमा रोक लगाइने भएको छ । यसअघि विभिन्न खेलका क्रममा समर्थकहरु पनि ८८ नम्बरको जर्सी लगाएर रंगशाला प्रवेश गर्ने गरेका थिए । गत मार्चमा लाजियोका एक समर्थक ८८ नम्बरको जर्सी लगाएर रंगशाला पुगेका थिए । त्यो खेलमा लाजियोले रोमालाई हराएको थियो ।

लाजियोका ती तीनजना समर्थकलाई आजीवन स्टाडियो ओलम्पिको रंगशाला प्रवेशमा रोक लगाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया