कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुर्य भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफलः कसको भाग्य कस्तो रहनेछ ?

मकरलाई बिनाप्रतिस्पर्धा फाइदा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १७ गते तद्अनुसार सन् २०२३ जुलाइ २ तारिख आइतबार आषाढ शुक्ल पक्षको चतुर्दशी तिथि ज्येष्ठा नक्षत्र शुक्ल योग गर करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा १२ः३७ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । खेलकुद पत्रकार दिवस ।✍अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष – समय त्यति अनुकुल नरहला । मनमा खराब बिचारहरुले डेरा जमाउन सक्छन् । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । काममा रुचि घट्नेछ तर रुपैयापैसा कमाउन सकिनेछ । सोच्दै नसोचेको काम सम्पादन हुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

वृष – रोकिएको काम बन्ने समय छ । धन लगानी गर्ने अवसर मिल्ला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । दीनदुःखीलाई दिएको सहयोगले सन्तोष दिलाउला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने योग छ । सोचेभन्दा बढी नै लाभ होला । साझेदारी काममा विशेष लाभ मिल्नेछ । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – बिग्रिएका कामहरु बन्ने समय छ । सहयोग, पुरस्कार र हौसला जस्ता कुरामा वृद्धि होला । तथापि, तपाईंको कमजोरीमाथि टिप्पणी हुनसक्ने समय छ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोग र शत्रु परास्त हुनेछन् ।

कर्कट – आज गरिएका कामको उचित प्रतिफल पाइने भएपनि विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । आजको दिन यात्रा नगरेकै बेश होला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन विशेष प्रयत्नको दरकार छ । दायित्व बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । परिवारका मान्यजनको स्वास्थ्यमा केही कमजोरी आउने योग छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । आज खर्च वृद्धि हुन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । व्यस्तता बढ्नेछ । पारिवारिक सुखको अनुभूति होला ।

कन्या – समय शुभदायी छ । प्रशस्त धन आर्जन गर्ने मौका मिल्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने दिन छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । पराक्रम वृद्धि हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – व्यवसायबाट फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । प्रतिष्ठा कमाउने कर्म गर्ने मौका मिल्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आरोग्यबल वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर होला ।

वृश्चिक – आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने योग रहेकोले विशेष सावधानीपूर्ण व्यवहार गर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । सुख सुविधाको बस्तु खरिदमा खर्च हुन सक्छ ।

धनु – लामो समयदेखि रोकिएको काम बन्नेछन् । पारिवारिक सुख मिल्ने दिन छ । अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्, सचेत रही व्यवहार गर्नु हितकर होला । आज स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्नेछ । यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन कलाकारिता तथा खेल क्षेत्रमा रहने हरुको लागि समय उत्साहप्रद देखिन्छ । धन आर्जन गर्ने मौका मिल्न सक्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा पर्न सकिने सम्भावना भउकोले विशेष सावधानी अपनाउनु हितकर होला । धर्मकर्ममा रुचि बढ्नेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आकस्मिक यात्राको समय छ । नयाँ जिम्मेवारी हमत पर्ने सम्भावना छ । कुरा काट्नेहरू सक्रिय होलान् । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । पारिवारिक आवश्यकता पूर्ति हुने र श्रमको उचित मूल्यांकन हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – कर्मबल बढ्ने समय भए पनि आजको दिन विश्वास गरेकाबाट धोका हुन सक्छ । पठन–पाठनमा पनि त्यति समय दिन नसकिएला । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नाले अरूको आलोचनाको शिकार भइएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने योग छ । आफन्तको साथ कमै मिल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार