श्रावण ५, २०८२ सोमबार July 21, 2025

एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको छ । आज दिउँसो १ बजे शिक्षा सचिवसहितको बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

उनका अनुसार यसअघि नै बोर्डले प्रविष्ट र रुजु गरेर तयारी अवस्थामा राखेको एसइईको रिजल्टको टेक्निकल्ली अवस्थाबारे चेकजाँच गरिनेछ । ‘टेक्निकल इरर देखिएन भए आजै नतिजा सार्वजनिक हुन्छ,’शर्माले भने,‘समस्या आयो भने त्यसलाई सच्याएर नतिजा प्रकाशन हुन्छ ।’

टेक्निकल समस्या नदेखिए बेलुकीसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ। एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो।परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए ।

जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए । कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार