श्रावण ५, २०८२ सोमबार July 21, 2025

चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच

स्थानीय सरकारले केही सहयोग गरेपनि गण्डकी प्रदेश तथा सङ्घीय सरकारले भने सहयोग एवं प्राथमिकताका नदिएको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेँसीसहर नगरपालिका-११ बरबोटमा रहेका लोपोन्मुख चेपाङ समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच पुग्न थालेको छ ।

नेपाल चेपाङ महासङ्घका पूर्व केन्द्रिय सदस्य अम्रिता चेपाङले भन्नुभयो, “ स्थानीय सरकारका कारण मुलुकमा विस्तारै शिक्षा र स्वास्थ्यको पहुँच बढ्दै गर्दा यहाँ पनि यसको प्रभाव पर्न थालेको छ । यहाँका सबै बालबालिका शिक्षा एवं स्वास्थ्य क्षेत्रको पहुँचमा पुग्न थालेका छन् । ”

समुदायमा विस्तारै चेतनाको वृद्धि हुन थालेसँगै उनीहरु शिक्षा र स्वास्थ्यतर्फ अघि बढ्न थालेको स्थानीय विष्णु चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला सानै उमेरमा विवाह गर्ने समेत गरेपनि अहिले चेतनाको वृद्धि भएसँगै सानै उमेरमा विवाह गर्नेहरु न्यूनीकरण भएको छ ।”

स्थानीय सरकारले केही सहयोग गरेपनि गण्डकी प्रदेश तथा सङ्घीय सरकारले भने सहयोग एवं प्राथमिकताका नदिएको उनीहरुको गुनासो छ ।

बेँसीसहर नगरपालिका – ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले भन्नुभयो, “यहाँका चेपाङ समुदायमा विगतका भन्दा शिक्षा र स्वास्थ्यमा पहुँच पुग्न थालेको छ ।” उनीहरुका लागि छुट्टै बजेट वा प्राथमिकतामा राखेर सरकारले गर्नुपर्ने काम जति भने गर्न नसकेको उहाँको भनाइ छ । चेपाङ समुदायमा रहेको जनजागृति आधारभूत विद्यालयमा कति चेपाङका विद्यार्थी रहेका छन् भन्ने, विवरण नगरपालिकाको शिक्षा शाखामा नआइसकेकाले सशक्त अनुदानको रकम उनीहरुलाई दिन नसकेको र उनीहरुका लागि अन्य समुदायका तुलनामा छात्रावृद्धि रकम बढी हुने नगरपालिकाका सूचना अधिकारी किसानराज चिलुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय सरकार र स्थानीय सरकारको सहयोगमा चेपाङ समुदायलाई लक्षित गरेर इसिडी सेवा सञ्चालन भइरहेको र सो बाहेक उनीहरुका लागि छुट्टै कार्यक्रम लागू भने गरिएको छैन । ” बेँसीसहर नगरपािलका प्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “चेपाङ समुदायको आयस्तर वृद्धि गर्ने, शिक्षा, स्वास्थ्य लगयातका क्षेत्रमा अघि बढाउनका लागि नगरपालिकाले ध्यान केन्द्रित गर्दै आइरहेको छ । यहाँ गतवर्ष पनि विभिन्न कार्यक्रम गर्दै आएको र यसवर्ष पनि उनीहरुलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भएको उहाँको भनाई छ ।”

यहाँ चेपाङ समुदायको १३ घर छन् । यतिका घरमा ७० चेपाङ समुदाय छन् । यहाँ विगतमा प्रौढ शिक्षा सञ्चालनका कारण अधिकांश स्थानीयवासीले आफ्नो नाम लेख्न तथा हस्ताक्षर गर्न सक्ने स्थानीयवासीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार