मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इंग्ल्यान्डलाई ४० वर्षपछि युरोपेली यू-२१ को उपाधि

स्पेनलाई १-० गोलले हराँउदै इंग्ल्यान्ड बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इंग्ल्यान्डले करिब ४० वर्षपछि युरोपेली यू-२१ को उपाधि उचालेको छ । इंग्ल्यान्डले फाइनलमा स्पेनलाई १-० गोलले हराएको हो ।

जर्जियाको एडजाराबेट एरिनामा भएको फाइनल खेलमा इंग्ल्यान्डलाई उपाधि दिलाउन जेम्स ट्राफोर्डले महत्वपूर्ण भूमिका खेले ।

उनले प्रतियोगितामा लगातार ६ खेलमा क्लीन सिट राखे । फाइनलमा पनि उनले थुप्रै बचाउ गरेका थिए । खेलको पहिलो हाफको निर्धारित समयमा गोल हुन सकेन । त्यसपछि कोल पाल्मरको फ्रिकिक प्रहार कर्टिस जोन्सलाई डिफलेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

मध्यान्तरपछि स्पेनले गोल गरेपनि त्यसले मान्यता पाएन । ९९ औँ मिनेटमा स्पेनले पेनाल्टीको मौका पाएको थियो । कोल विलले बक्समा एबेल रुइजमाथि फाल गरेपछि अन्तिम समयमा स्पेनले पेनाल्टीको मौका पाएको थियो । जसमा रुइजले गरेको प्रहार ट्राफोर्डले रोकेका थिए ।

England U21s lift first Euros trophy since 1984 after thrilling final

त्यसपछि केही तनावपूर्ण अवस्था आएको थियो । जसमा स्पेनका एन्टोनियो ब्लान्को र मोगर्न गिब्स बाइट्ले रातो कार्ड पाएका थिए । त्यसपछि दुवै टिमबाट गोल भएन । इंग्ल्यान्डको जितमा जोन्सको गोल निर्णायक बन्यो । इंग्ल्यान्डले यो उपाधि तेस्रो पटक उचालेको हो । यस अघि १९८२ र १९८४ मा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया