कार्तिक २३, २०८३ सोमबार November 9, 2026

विद्यालय कर्मचारीको आन्दोलन सहमतिपछि स्थगित

विद्यालय कर्मचारी परिषद्, विद्यालय कर्मचारी युनियन र विद्यालय कर्मचारी संघको संयुक्त आन्दोलन ४९ औं दिन पछि रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विद्यालय कर्मचारीसँग विगतमा गरिएको सम्झौता तथा नेपाल शिक्षक महासंघसँग गरिएको ५१ बुँदे सम्झौलाई कार्यन्वयनमा ल्याउने प्रतिवद्धता शिक्षा मन्त्रालयले गरेपछि आन्दोलन स्थगित गरिएको परिषद्ले जानकारी दिएको छ । साथै शिक्षा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई आग्रह गर्ने लगायतका विषयमा सहमति गरिएको छ ।

विद्यालय कर्मचारीले राखेका पाँचबुँदे मागमा शिक्षा मन्त्रालसँग सहमति भएपछि आन्दोलन स्थगित गरिएको विद्यालय कर्मएचारी परिषद्का अध्यक्ष गंगाराम तिवारिले जानकारी दिए । उनले सहमति भएपनि त्यसलाई निर्णयक रुपमा कार्यन्वयनमा ल्याउन विद्यालय कर्मचारी अझै लाग्नुपर्ने बताए ।

विद्यालय कर्मचारी परिषद्, विद्यालय कर्मचारी युनियन र विद्यालय कर्मचारी संघको संयुक्त आन्दोलन ४९ औं दिन पछि स्थगित भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया