श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ज्ञानलाई स्वदेशमै प्रयोग गरौं: शिक्षा राज्यमन्त्री

नेपालमा भएका अवसरको पहिचान गर्न र मुलुकप्रति योगदान गर्न युवा पुस्तालाई अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गर्नुभएको छ।

पछिल्लो समय युवा पलायनको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै राज्यमन्त्री कुमारीले नेपालमा भएका अवसरको पहिचान गर्न र मुलुकप्रति योगदान गर्न युवा पुस्तालाई अनुरोध गर्नुभएको हो।

ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै उहाँले सरकार रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागि परेको भन्दै यसमा हातेमालो गर्न पनि अनुरोध गर्नुभयो।

उहाँले कलेजले वहन गर्ने सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गर्दै सरकारले गर्नुपर्ने कार्यहरुमा कलेजको समन्वयलाई लिएर धन्यवाद दिनुभएको छ। नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको अभिन्न अंग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीलाई छात्रवृति दिँदै आएको छ।

दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षाले देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जिम्मेवारी बोध गर्न आग्रह गर्नुभयो। त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जलानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

सो दीक्षान्त समारोहमा क्याम्पसका बी.एस.सी कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इनजीनियरिङ र बि.बि.ए अध्ययन गरेका ६८ विद्यार्थी दीक्षित भएका थिए। पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार