काठमाडौं : एक वर्षमा उच्च शिक्षा अध्ययनका लागि एनओसी लिनेको संख्या १ लाख ९ हजार ८ सय ३६ रहेको छ । मन्त्रालयले रद्ध गरिएको एनओसी सहित गरेर १ लाख २२ हजार ११ जनाले आवेदन दिएको जानकारी दिएको छ ।
चालु आर्थिक वर्ष २०७९ ८० को साउन १ गतेदेखि असार २९ गतेसम्म उच्च शिक्षाका लागि विदेश अध्ययनमा जाने १ लाख ९ हजार ८ सय ३६ जनाले एनओसी लिएको मन्त्रालयको भनाई छ । आवेदन दिएका १ लाख २२ हजार ११ कुल विद्यार्थी मध्ये १२ हजार १ सय ७५ जनाको रद्ध गरिएको छ ।
वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार यो वर्ष अष्ट्रेलियाका लागि सबै भन्दा धेरै विद्यार्थीले एनओसी लिएका छन् । ३३ हजार ९ सय ६८ जनाले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् भने ८ हजार ३ सय ७२ आवेदन विभिन्न कारणले रद्ध गरिएको छ । त्यसैगरी जापान अध्यनमा जान एनओसी लिने विद्यार्थीहरुको संख्य २१ हजार ६ सय ५४ रहेको छ ।
त्यस्तै क्यनडा २१ हजार ४ सय २५, बेलायतका लागि १० हजार ४ सय ७४, अमेरिकाका लागि ३ हजार ९ सय १, डेनमार्क १ हजार ८४, फ्रान्स १ हजार २ सय ६९, भारत २ हजार १ सय ८४, न्युजल्यण्ड १ हजार ८ सय ५६, रिपब्लिक अफ कोरिया २ हजार ९ सय ९३ र युएई २ हजार ३ सय ८१ जनाले एनओसी लिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया