श्रावण ५, २०८२ सोमबार July 21, 2025

शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

उपाध्यक्षमा एन्ड्रियु पौडेल (लक्ष्मण) २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी (गिताञ्जली) १५९ मतसहित विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले दुई सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी बिष्णुहरि पाण्डेले एकसय ४६ मतमात्र प्राप्त गरेका थिए ।

सो निर्वाचनमा अध्यक्षकालागि ४ जनाबीच प्रतिस्पर्धा भएको थियो । पूर्वउपाध्यक्ष भट्टराई र पूर्वअध्यक्ष पाण्डेले प्यानलसहित उम्मेदवारी दिएका थिए । भने अध्यक्षका अर्का प्रतिस्पर्धी कृष्णहरि केसीले २१ मत र देवीदास भट्टराईले ११ मत प्राप्त गरेको इक्यान निर्वाचन समितिले जनाएको छ ।

पुसमा अधिवेशन गरेको इक्यानको १८ सदस्यीय कार्यसमितिका लागि शनिबार निर्वाचन भएको थियो । उपाध्यक्षमा एन्ड्रियु पौडेल (लक्ष्मण) २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी (गिताञ्जली) १५९ मतसहित विजयी भएका छन । ३ उपाध्यक्षका लागि १० जनाले मनोनयन दिएका थिए ।

महासचिवमा भट्टराई समूहकै दिपकराज भुसाल २ सय ५५ मतसहित विजयी भएका छन् । अधिकांश पदाधिकारीसहित सदस्यमा पनि उनकै समूहका चुनिएका हुन् ।

सचिवमा भवनाथ हुमगाईं २६० र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भए । कोषाध्यक्षमा आशिका कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेल चयन भएका छन । उनीहरुले क्रमशः २०८ र २१६ मत प्राप्त गरेका हुन ।

सदस्यमा सर्वाधिक ३०१ मतसहित सुरज सिलवाल विजयी भएका छन । अन्य सदस्यहरुमा साधना पुडासैनी, उमा खड्का पाठक, मञ्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका छन् । ९ सदस्यका लागि १९ जना प्रतिस्पर्धामा थिए ।

सो निर्वाचनकालागि इक्यानमा आबद्ध ४ सय ६७ जना मतदाता थिए । १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन परेको थियो । नवनिर्वाचित यस कार्यसमितिको कार्यकल दुईवर्षे हुने छ । नवनिर्वाचित अध्यक्ष शेषराज भट्टराइले अब आफु सबै व्यवसायीलाई एकजुट गराएर अघि बढ्ने बताए ।

वैदेशिक अध्यक्षमा जाने विद्यार्थी अभिभावकलाई परामर्श दिने काम इक्यानमा आबद्ध परामर्शता संस्थाहरुले गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार