असार ६, २०८३ शनिबार June 20, 2026

लाइभले गर्दा देश विदेशका कार्यकर्ता जोडिन पाए : पुरञ्जन आचार्य (अन्तवार्ता)

बैठकका गतिविधि लाइभ गरिएपछि देशभरका नेता, कार्यकर्ताले आआफ्ना क्षेत्रका नेतालाई देख्न, हेर्न र सुन्न पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस केन्द्रीय कार्य समितिको बैठकलाई कसरी हेर्नुभएको छ ?

झन्डै एक वर्षयता बैठक बस्न नसकिरहेको समयमा कांग्रेसको बैठक सुरु हुनुलाई राम्रै संकेत मान्नुपर्छ । लामो समयसम्म बैठकसमेत बस्न नसक्नु लज्जास्पद विषय हो । यो बैठकले कम्तीमा त्यसमा विराम लगाएको छ । पदाधिकारीले आआफ्ना प्रतिवेदन पेस गर्नुभएको छ । तिनमा छलफल पनि होला । त्यसैले, यसलाई राम्रै मान्नुपर्छ ।

कार्य समिति बैठकलाई ‘लाइभ’ गर्नुको अर्थ के हुन सक्छ ? 

सायद यो नेपालकै पहिलो अभ्यास हुन सक्छ । बैठकका गतिविधि लाइभ गरिएपछि देशभरका नेता, कार्यकर्ताले आआफ्ना क्षेत्रका नेतालाई देख्न, हेर्न र सुन्न पाए । आफूले चुनेर केन्द्रमा पठाएका नेताले कसरी बोल्छन्, के बोल्छन्, त्यो हेरेर तिनको मूल्यांकन गर्न सक्ने अवस्था बनेको छ ।

यसअघि बैठक लाइभ नभए पनि ‘सूत्र’बाट प्राप्त सूचना भनेर बैठकका गतिविधि सार्वजनिक हुने गरेकै थिए । त्यस्ता सूत्रका सूचनाले पार्टी गतिविधिको सन्देश गलत तरिकाले प्रवाहित भइरहेको थियो । नेताहरूले बैठकमा एक तरिकाले प्रस्तुत हुने र बाहिर अर्कै तरिकाले प्रस्तुत हुने ‘डबल स्ट्यान्डर्ड’ देखाइरहेका थिए । सायद, त्यसैको झोकले सभापतिजीले यो बैठक लाइभ गराउनुभएको हुन सक्छ ।

 यो बैठकले पार्टी जीवनलाई गति दिन सक्ने सम्भावना कति देख्नुहुन्छ ?

यसले पार्टीमा राम्रै सन्देश देला । एक किसिमले पार्टी जीवनमा हलचल ल्याउला । लाइभले गर्दा देश विदेशका कार्यकर्ता जोडिन पाएका छन् । यसले पार्टी जीवनमा केही न केही गति त अवश्यै ल्याउला । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार