श्रावण ४, २०८२ आइतबार July 20, 2025

शैक्षिक संस्थामा तालाबन्दी नगर्ने अनेरास्ववियुको घोषणा

अनेरास्ववियुले कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ ।

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।

“अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्”, उहाँले भन्नुभयो, “अबदेखि अखिलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैन, तल्लो कमिटीलाई तालाबन्दी नगर्न हामीले निर्देशन दिइसक्यौँ ।” अहिले नेपाल संस्कृति विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् ।

अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रुपमा अन्य आन्दोलन गर्ने बताउनुभयो ।

May be an image of 10 people, people studying and table

पत्रकार भेटघाटमा उहाँले सामुदायिक विद्यालय सुधार गर्न स्थानीय तहले गरेको कार्यलाई सहयोग गर्ने भनाइ राख्नुभयो । उहाँले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभई ‘बोर्ड अफ ट्रस्ट’का आधारमा गर्न सरकारलाई दबाब दिने बताउनुभयो ।

१० हजार कमिटी गठन

यसैगरी अखिलले सङ्गठन विस्तारका लागि १० हजार कमिटी गठन गर्ने अभियान थालेको छ । छ महिनाभित्र वडा तह, पालिका तह, क्याम्पस तहसम्म १० हजार कमिटी गठन गर्ने अध्यक्ष बडालले जानकारी दिनुभयो ।

May be an image of 10 people and table

अभियानकै क्रममा अहिले क्याम्पस तहमा सदस्यता विवरण गरिरहेको जनाइएको छ । यही साउन १ देखि १० गतेसम्म क्याम्पसमा सङ्गठनका लागि सदस्यता विवरण गरिरहेको उहाँको भनाइ छ ।

क्याम्पसपछि कक्षा ११ र १२ मा अध्ययनरत रहेका विद्यार्थीलाई अखिलको सदस्यता विवरण गर्ने जनाइएको छ । अध्यक्ष बडालले आफ्नो सङ्गठनले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई अखिलको सदस्य नबनाउने घोषणा गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार