श्रावण ४, २०८२ आइतबार July 20, 2025

छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने कामपाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा सञ्चालन गर्न लागेको छ ।

साउन २० गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेस गरी झुठो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्नासमेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गर्ने निर्णय गरेको छ । कामपा शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले छात्रवृत्ति परीक्षाको लागि फारम भर्दादेखि परीक्षा दिँदासमेत परीक्षाको महत्वलाई ख्याल गर्नुपर्नेमा जोड दिए।

कामपाले संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये संख्याको आधारमा १० प्रतिशत छात्रवृत्ति दिन परीक्षा लिन लागेको हो । अघिल्लोवर्ष भनसुनको आधारमा मनपरी रूपमा छात्रवृत्ति दिने प्रचलन थियो । सो प्रचलन खारेज गरी छात्रवृत्ति वितरण प्रणालीलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नयाँ प्रणाली शुरू गरिएको हो । महानगरले योग्यता सूचीको आधारमा विद्यालय छनोट गरी विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।

छात्रवृत्ति छनोटसम्बन्धी व्यवस्थाअनुसार संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाई सत्प्रतिशत मानेर निर्णय गरेको छ । जसअनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि ४०, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेकालाई ५, महानगरमा स्थायी बसोबास भएकालाई ९ र ल्यान्डफिल साइट प्रभावितक्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि १ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

थप ४५ प्रतिशत छात्रवृत्तिमध्ये छात्रालाई ३३, खस आर्यलाई १७, आदिवासी÷जनजातिलाई १५, मधेसीलाई १२, दलितलाई ९, थारू र पिछडिएका क्षेत्रका व्यक्तिलाई गरी ४÷४, मुस्लिम र थारूलाई २÷२ र सहिद र बेपत्ता परिएका नागरिक र द्वन्द्वपीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । पिछडिएको क्षेत्रका व्यक्तिका रूपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।

छात्रवृत्ति परीक्षामा सहभागी हुन अनिवार्य रूपमा १ दशमलव ६ जीपीए ल्याउनुपर्ने व्यवस्था गरेको छ । विभागले छात्रवृत्ति परीक्षासम्बन्धी व्यवस्थाअनुसार परीक्षा शुरू हुनुभन्दा एक घण्टाअघि उपस्थित हुनुपर्नेछ भने परीक्षा शुरू भएको १५ मिनेटपछि आउने विद्यार्थीले परीक्षा दिन पाउने छैनन् ।

परीक्षामा निर्धारित समय दुई घण्टापछि मात्र परीक्षा हलबाट बाहिर निस्कन पाइने व्यवस्था गरेको छ । कक्षा १०को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि ‘नेगेटिभ मार्किङ’ हुनेछैन । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन
२०८२ श्रावण ४, आइतबार
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम
२०८२ श्रावण ४, आइतबार