काठमाडौंः प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) ले प्रि-डिप्लोमा तहको नियमित तर्फका विभिन्न कार्यक्रमहरुको वार्षिक परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ ।
सिटिइभिटि परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण शिक्षालयहरुले नियमित परीक्षार्थीहरुका लागि भदौं महिनामा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि फाराम भर्न सूचना जारि गरेको हो ।
आवेदन फारम भर्न विद्यार्थीहरुले सम्बन्धीत शिक्षालयहरुमा साउन ९ गतेदेखि २९ नियमित शुल्कमा र भदौ ४ गतेसम्म बिलम्ब शुल्कमा भर्न सक्ने छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया