कार्तिक २९, २०८३ आइतबार November 15, 2026

धार्मिक सद्भाव र सामाजिक एकताको मोहर्रम पर्व मनाइँदै

बेलुकासम्म सबैले ताजिया विसर्जन गरिसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व १० दिनसम्म विभिन्न कार्यक्रम गरेर आज सम्पन्न गरिँदैछ । बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताको रूपमा मोहर्रम पर्व मनाइँदै छ ।

१० दिनसम्म चल्ने मोहर्रम पर्वको अन्तिम दिन शनिबार बेलुका ताजिया विसर्जन गरेपछि यो पर्व पूर्णरुपमा सम्पन्न हुनेछ । ताजिया विसर्जनको तयारीमा अहिले ताजिया राख्नेहरू जुटेका छन् ।

मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव मोहम्मद हारुनले बाजागाजाको जुलुससहित स्थानीय करबलामा पुगेर ताजिया विसर्जन गरिने बताउनुभयो ।

उहाँका अनुसार शनिबार बिहानैबाट मुस्लिम समुदायका घरहरूमा ताजिया विसर्जनको तयारी चलिरहेको छ । बेलुकासम्म सबैले ताजिया विसर्जन गरिसक्नेछन् ।

मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईका अनुसार यसअघि मोहर्रमको नवौँ दिन शुक्रबार राति ताजिया घरघरमा राखेर झिलिमिली पारी बजारलाई नै सिङारिएको थियो । रातभरी स्थानीयले जाग्राम बसेर ताजियाको हेरचाह गरेका थिए ।

उहाँका अनुसार सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर ताजिया र सहरको झिलिमिली अवलोकन गरेका थिए । कोभिड १९ का कारण गत केही वर्षदेखि राम्ररी मनाउन नसकेको यो पर्वलाई यस वर्ष निकै धूमधामका साथ मनाइएको छ ।

इराकको कर्बलामा शहीद हुनु भएका पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरूले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।

उनीहरूकै शहादतको सम्झनामा अरबी क्यालेन्डर अनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ ।

कागज र काठबाट बनाइएका ताजियालाई ९ तारिखमा आ–आफ्नो घर अगाडि स्थापित गरेर रातभरी जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पुरा भएपछि ताजिया राख्ने गरिन्छ ।

मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले यो पर्व धार्मिक सद्भावको पर्वका रूपमा स्थापित भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार