काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहका इन्जिनियरिङ तर्फका सम्पूर्ण कार्यक्रममा मौका परीक्षाको परीक्षा आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहका एक विषयका लागि मौका परीक्षाको परीक्षा आवेदन फाराम खुला गरेको हो ।
प्राविधक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ प्रथम वर्ष प्रथम खण्ड, दोस्रो खण्ड, दोस्रो खण्ड प्रथम वर्ष, दोस्रो खण्ड र तेस्रो वर्ष प्रथम खण्ड उत्तिर्ण भई तेस्रो वर्ष दोस्रो खण्डमा मात्र एक विषयको सैद्धान्तिक परीक्षा अनुत्तिर्ण भएका परिषद् परीक्षा सम्बन्धी विनियमावली २०७१ बमोजिम आवेदन खुला गरेको जनाएको छ ।
परीक्षा भदौ/असोज महिनामा सञ्चालन भएको हुँदा सम्बन्धीत परीक्षार्थीहरुले २०८० साउन २३ गतेभित्र नियमित शुल्क र २८ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फारम भरी बुझाउनु पर्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया