काडमाडौंः काठमाडौं महांकाल मन्दिरमा ट्यांकर ठोक्किएको छ । सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ । ट्यांकर ठोक्किएपछि मन्दीरको भित्तामा क्षति पुगेको छ ।
दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन् । घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया