काठमाडौं : नेपाल राहत शिक्षकको केन्द्रीय समितिको बैठकले शिक्षा ऐनको मस्यौदा विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । राहत शिक्षकहरुलाई विना विस्थापित आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग सहित आन्दोलन गर्ने निर्णय गरेको हो ।
नेपाल राहत शिक्षकको केन्द्रीय समितिको आज बसेको पूर्ण बैठकले आन्दोलन गर्ने निर्णय गरेपनि नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनमा जान आग्रह गरेपछि आन्दोलनको मिति भोलि मात्रै तय हुने जनाएको छ ।
तर,नेपाल शिक्षक महासंघले आन्दोलको नेतृत्व नगरेपनि राहात शिक्षकहरु आन्दोलनमा जाने र महासंघ विरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल राहत शिक्षकको केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकका परिवार सहित आन्दोलनमा जानु बाहेक बिकल्प नरहेको बताए । उनले आन्दोलनमा गोली खान पनि तयार रहेको बताउँदै माग पुरा गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सबै एक भएर आन्दोलनमा जानुपर्ने बताउँदै आन्दोलनको नेतृत्व महासंघले गर्ने बताएकी छन् । उनले सरकारले तानाशाही तरीकाले शिक्षकहरुलाई पेलेर लान खोजेको बताउँदै सरकार नै ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया