श्रावण ४, २०८२ आइतबार July 20, 2025

महोत्तरीका निजि तथा आवासिय विद्यालयहरुको चेतावनी : स्वेच्छाचारी र निरंकुश बिधेकको ससक्त प्रतिबाद गर्छौ

ठोस कदमका लागी पहलकदमी नलिए निजि लगानीका सम्पुर्ण विद्यालय बन्द गरेर थप आन्दोलनका कार्यक्रम तय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले ल्याएको शिक्षा ऐन सम्बन्धी विधेकमा आपत्ति जनाउदै निजि तथा आवासिय विद्यालयहरुले ध्यानाकर्षण जनाएका छन् ।

निजि तथा आवासिय विद्यालयका छाता संगठन प्यावसन र एनप्यावसनका  बर्दिबास एकाईले आज स्थानिय सरकार र इलाका प्रशासन कार्यालयलाइ सयुक्त ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण जनाएका हुन । उक्त ज्ञापनपत्रमा सरोकारवालाहरुलाइ थाहा नै निदिई सुझावहरुको समेत सरकारले वेवास्ता गरेको भन्दै भत्सर्नासमेत गरिएको छ ।

एन प्यावसन नगर कमिटी बर्दिबासका अध्यक्ष नागेन्द्र क्यापछाकीले सरकारले ल्याएको बिधेक स्वेच्छाचारी, निरंकुश र निजि लगानीका विद्यालयहरुप्रती पुर्वाग्राही भएको हुनाले विद्यालय संचालनमा नै कठिनाई हुने बताए ।

त्यस्तै प्यावसनका अध्यक्ष सरोज प्रधानले पनि निजी तथा आवासिय विद्यालयहरुको सरकारले घाँटी निमोठन खोजेको भन्दै आपत्ती जनाएका छन् । निजि विद्यालयहरुले वित्तिय संस्थाहरुवाट संस्थागत विकासको लागी कर्जा लिएर लगानी गरेको वताउदै बिधेकमा उल्लेख भएको  जस्तो ५ बर्षभित्रमा कर्जा अन्य दायित्वहरु भुक्तानी गर्न सक्ने व्यवहारिक अवस्था नरहेको प्रष्ट पारे ।

ज्ञापनपत्रमा भनिएको छ ` निजि शिक्षालयहरुमा गरिएको अरवौको लगानी र यस्ले राज्यलाइ दिएको प्रत्यक्ष र परोक्ष सेवाको बेवास्ता गर्दै ल्याइएको बिधेकका कयौ दफाहरु आपत्तिजनक छन् ।´

समस्याको सम्बोधन गर्ने र गराउने कार्यमा ठोस कदमका लागी पहलकदमी नलिए निजि लगानीका सम्पुर्ण विद्यालय बन्द गरेर थप आन्दोलनका कार्यक्रम तय गर्ने पनि ज्ञापनपत्रमा सरकारलाइ चेतावनी दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार