काठमाडौंः त्रिभुवन विमानस्थलबाट बरामद गरिएको करिब एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तीन जना रिहा भएका छन् ।
यही साउन दुई गते विमानस्थल भन्सार जाँचपास भएर बाहिरिएको करिब एक सय किलो सुन राष्ट्रिय अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । उक्त प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया र दुई चिनियाँ नागरिकलाई आज रिहा भएका हुन् ।
खोजेका बेला उपस्थित हुने सर्तमा रोहनलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले छाडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
यस्तै सोही प्रकरणमा पक्राउ परेका ली जियालिङ र लिउ फुयान नामका दुई चिनियाँ नागरिकलाई घटनामा संलग्नता नदेखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आजै रिहा गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया