कार्तिक २८, २०८३ शनिबार November 14, 2026

हाम्रै पार्टीका नेतालाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छौं : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारका काण्डहरूमा आफ्नै पार्टीका नेताहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन प्रहरी संगठनलाई निर्देशन दिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका नेताहरूलाईपनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको बताएका छन्।

आइतबार पार्टी पदाधिकार बैठकमा गृहमन्त्री श्रेष्ठले विभिन्न किशिमका भ्रष्टाचारका काण्डहरूमा आफ्नै पार्टीका नेताहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन प्रहरी संगठनलाई निर्देशन दिएको बताएका छन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालकै सल्लाहमा प्रहरी संगठनलाई निर्देशन दिएको बताउँदै भने,‘मैले प्रधानमन्त्रीकै सल्लाहमा प्रहरी अधिकृत अनुसन्धान प्रमुखलगायत सबै पक्षलाई बोलाएर कसैलाई आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिइसकेको छु।’

यस्तै, उनले भेप सुन प्रकरणमा पनि अनुसन्धान भइरहेको बताए। भने, ‘भेपको केसमा मुख्य मानिस कारबाहीको दायरामा ल्याउन अनुसन्धान र खोजी जारी छ। यहाँ सुन हो भनेर बेच्न लैजाने मात्रै भेटियो, यसका लगानीकर्ता भेटिएको छैनन्, अहिले नै समाचारलाई आधार मानेर धारणा बनाइहाल्ने अवस्था छैन।’

उनले थपे,‘यदि हाम्रै पार्टीका कोही नेताहरुलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छौँ, अनुसन्धान नगर्नु भनेका छैनौँ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार