काठमाडौंः काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो ।
नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको जानकारी दिए ।
पछिल्लो समय देशका विभिन्न स्थानमा आँखा पाक्ने रोग देखिएपछि विद्यालयहरु बन्द हुन थालेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया