कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा: उपप्रधानमन्त्री खड्का

सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको हितमा बन्ने दाबि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन् । नेपाल निजामती कर्मचारी युनियनको काठमाडौँमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको हितमा बन्ने बताए ।

रक्षामन्त्री समेत रहेका खड्काले भने, “निजामती कर्मचारीको हक, अधिकार र हितको रक्षा नयाँ निजामती ऐनले गरेको छ । साथै नयाँ ऐनले आम नेपाली जनताले सबै सेवाहरु झण्झटरहितरुपमा सम्मानपूर्वक पाउने कुराको सुनिश्चित गर्नेछ ।”

उनले सरकारले यतिबेला निजामती कर्मचारीलाई चाहेर पनि थप सेवा तथा सुविधा उपलब्ध गराउन नसक्ने पनि स्पष्ट पारे । उपप्रधानमन्त्री खड्काले भने, “यतिबेला देशको अर्थतन्त्रको अवस्थाबारे तपाईं जानकारनै हुनुहुन्छ, अर्थतन्त्रमा धेरै भार नपर्ने र निजामती कर्मचारीको हित हुने कैयन विषय ऐनमा समेटिएका पनि छन् । तर अर्थतन्त्रमा भार पर्ने विषय पछि बिस्तारै  सम्बोधन गर्नुपर्ने अवस्था छ ।” उनले कर्मचारीलाई सम्बोधन गर्दै अहिले त्याग गर्ने बेला भएको भन्दै अर्थतन्त्र सुधार भएसँगै सबै समस्या सम्बोधन हुने समेत बताए ।

उपप्रधानमन्त्री खड्काले अहिलेको सरकार र सत्तारुढ गठवन्धन निजामती कर्मचारीहरु  हक अधिकारको रक्षाका लागि पूर्णरुपमा प्रतिवद्ध रहेको समेत प्रष्ट पारे । उनले संविधानमा सुनिश्चित भएको सेवा जनताले पाउनुपर्ने र त्यसमा कर्मचारीले विशेष ध्यानदिनुपर्ने धारणा राखे ।

उनले नागरिकलाई सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा ध्यान दिन कर्मचारीलाई आग्रह समेत गरे । सरकारले अहिले सरोकारावला सबै निकायसँग छलफल गरेर ऐन निर्माण गरेका कारण निजामती ऐनले सबैको हित हुनेमा उनले विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार