भाद्र ७, २०८३ आइतबार August 23, 2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दोस्रो अधिवेशनको ४९औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने भएको छ।

बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।

सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै, उनले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउनेछन्। उनले सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायत सम्भावित कार्यसूची छन्।

यी अधिकांश सम्भावित कार्यसूची यसअघिकै बैठकका लागि तय गरिएको थियो। तर, लगातार अवरुद्ध गरिँदा बैठकका काम–कारबाही प्रभावित हुँदै आएको छ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन्। सरकारी निकायले नै उक्त प्रकरणको अनुसन्धान गरिरहेकाले अर्को समिति आवश्यक नभएको सत्तापक्षले तर्क गरिरहेको छ। छानबिन समिति नबनाएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेको अडान कायमै छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’- मन्त्री रावल
२०८३ भाद्र ७, आइतबार
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
२०८३ भाद्र ७, आइतबार
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापाका विपक्षमा मतदान गर्न बागमती काँग्रेसको ह्विप
२०८३ भाद्र ७, आइतबार