कार्तिक २९, २०८३ आइतबार November 15, 2026

जनकपुरधाममा झुलनोत्सव पर्व शुरु, पूर्णिमासम्म चल्ने

जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेको मठ मन्दिरहरूमा झुलनोत्सव पर्व शुरु भएको छ । हिजो साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र विघा रंगभूमि मैदानमा मणिपर्व विधि सम्पन्न भएपछि प्रत्येक राति झुलनोत्सव पर्व मनाइने गरिन्छ ।

साउन शुक्ल तृतीया तिथिबाट शुरु भई १५ दिनसम्म मनाइने झुलनोत्सव पर्व यस पटक मलिमासका कारणले ढिलो गरि शुरु भएको छ । तिथिको हिसाबले त्यही नै मानिएपनि महिनाको हिसाबले भदौ शुरु भएको छ । जनकपुरधामको जानकी मन्दिर सहित अन्य मठ मन्दिरहरूमा हिजोदेखि शुरु भएको छ ।

भगवान् श्रीरामजानकी सहितका देवी देउतालाई सजाईको डोलामा सिंहासन सहित राखेर झुलाउँदै भजनकिर्तन सहित जनकपुरधाम स्थित मठ मन्दिरहरूमा प्रत्येक दिन साँझ आयोजना हुने झुलनोत्सव पर्व पूर्णिमासम्म चल्ने गर्दछ ।

धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिर, राम मन्दिर, बिहारकुण्ड, अग्निकुण्ड, महोत्तरीको मटिहानी स्थित लक्ष्मीनारायण मन्दिर लगायत सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र भारत बिहार सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका मठ मन्दिरहरूमा धुमधामका साथ झुलनोत्वसव पर्व मनाइँदै आएको छ ।

राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने सँगसँगै नाचगान, भजन कीर्तन र लोक कथाहरू सुनाइने गरिन्छ । जनकपुरधामको रत्नसागर मन्दिरको झुला विशेष रुपमा हुने गर्दछ । झुला र नाच हेर्नका लागि मन्दिरमा भक्तजनहरूको साँझ पर्ने बित्तिकै भीड लाग्ने गर्दछ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने गरिन्छ ।

सन् १७३० मा जानकी मन्दिरका पहिलो महन्थ सुरकिशोर दास वैष्णवको कार्यकालदेखि नै झुला महोत्सवको आरम्भ भएको मानिँदै आएको छ । जानकी मन्दिरबाट शुरु भएको झुलनोत्सव जनकपुरधामस्थित मठमन्दिरमा मात्र नभई मिथिलाञ्चल क्षेत्रका अधिकांश मठ मन्दिरमा झुलनोत्सव पर्व मनाइँदै आएको छ ।

झुल्नोत्सवमा महिलाहरू झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेध बाँड्ने परम्परा छ । मिथिलाञ्चलको मठ मन्दिरमा हर्षोल्लासका साथ साउन महिनामा पर्व मनाउँदै आएको छ । साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा पर्वको समापन गर्ने चलन रहेको छ ।

जनकपुरधाम सहित मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुलनोत्सव पर्व बनाएपनि पनि जानकी मन्दिरमा विशेष रुपमा मनाइने भएकाले पर्यटक तथा तीर्थयात्रीको भिड जानकी मन्दिरमा नै हुने गरेको छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले झुलनोत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै जानकारी दिनु भयो । त्रेतायुगमा भगवान् राम र सीता सिंहासनमा बसेर झुलेको जनविश्वास अनुसार पौराणिक कालदेखि नै झुलनोत्सव मनाइँदै आएको महन्थ दासको भनाई रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार