कार्तिक २८, २०८३ शनिबार November 14, 2026

ललिता निवास प्रकरणमा सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान

पूर्वमन्त्री जोशीलाई सीआईबीले बोलाएर बयान लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ ।

उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भएको पूर्वमन्त्री जोशीलाई सीआईबीले बोलाएर आज बयान लिएको हो । जोशीले आफू सीआईबी पुगेर बयान दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘अन्ततः बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएर अइयो । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ । चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु ।’

सीआईबी दिउँसो आफूलाई बोलाइएपनि पछि व्यस्त भएको जानकारीसहित फर्काइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा स्टाटस लेखेका थिए । त्यसपछि उनको बयान लिइएको हो ।
पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान अधिकृतलाई थुनामा राखिराख्नु पर्ने नलागेपछि उनलाई छाडिएको सीआईबीले जनाएको छ ।

पूर्वभूमि सुधारमन्त्री जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि प्रतिवादी थिए । त्यसबेला अदालत हाजिर भएर उनी तारेखमा छुटेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार