असार २६, २०८२ बिहिबार July 10, 2025

प्रदेश २ मा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । प्रदेश २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ अधिकृत एवं प्रवक्ता विजय झाले जानकारी दिएका छन ।

पछिल्लो समय प्रदेश २ मा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएका छन् । यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ ।

प्रवक्ता झाले भने, ‘आज ठूलो संख्यामा प्रदेश २ मा कोरोना संक्रमित बढेको छ । आज प्रदेश भरमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।’

सोमबार मात्र प्रदेश २ मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया