श्रावण ४, २०८२ आइतबार July 20, 2025

बलम्बु माविमा प्राविधिक शिक्षाको पनि पढाइ सुरु

प्राविधिक शिक्षालय भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीले चारवटा विषय रोजेर पढ्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौंस्थित चन्द्रगिरि नगरपालिका-१२ को बलम्बु माध्यामिक विद्यालयमा प्राविधिक शिक्षाको पनि पढाइ सुरुवात हुने भएको छ ।

बुधबार विद्यालयका ९ कक्षादेखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी बलम्बु प्राविधिक शिक्षालयको भवनको शिलन्यास भयो । ड्रिम सेयरिङ फाउन्डेशन, दक्षिण कोरियासँगको समन्वयमा स्थानीय साझेदार संस्था विकासका लागि ऐक्यबद्धता (सोड) सँग चन्द्रागिरि नगरपालिकाको सहकार्यमा प्राविधिक शिक्षालयको भवन निर्माणको सुरुवात भएको हो ।

उक्त भवन करिब २ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ । खास गरी शिक्षा र महिला सशक्तिकरणको क्षेत्रमा नेपालका विभिन्न जिल्लामा कार्यक्रम गर्दै आइरहेको सोड नेपालले यसपटक विद्यालय शिक्षासँगै प्राविधिक शिक्षालाई जोड दिएर स्थानीय सरकार र विद्यालयसँग सहकार्य गरी कार्यक्रम सुरु गरेको हो ।

यो प्राविधिक विद्यालयको उद्देश्य फरक रहेको बताउँछन् सोड नेपालका अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ । उनले विद्यार्थीलाई विद्यालय शिक्षासँगै प्राविधिक शिक्षाको पनि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हुँदा विद्यालय शिक्षा पछिको समयमा बेरोजगार बस्नुपर्ने समस्याको अन्त्य हुने विश्वास रहेको बताए ।

यो प्राविधिक शिक्षालय भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीले चारवटा विषय रोजेर पढ्न पाउनेछन् । पढाइ सुरु भएपछि विद्यार्थीले ब्युटिसियन, अटोमोबाइल मर्मत, मोबाइल मर्मत र इलेक्ट्रिसियनसम्बन्धित पढाइमध्ये एक रोज्नुपर्ने हुन्छ । यी विषय पढाइका लागि विद्यालयमा चाहिने सम्पूर्ण सामग्री सोड नेपालले सहयोग गर्ने सोड नेपालका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले यसखाले सहकार्य र कार्यक्रमले स्थानीय युवाहरू स्वरोजगार बन्नका लागि मद्दत गर्ने बताए । नेपाल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का दिपकबाबु अर्यालले सोड नेपालले स्थानीय सरकार र विद्यालयसँग सहकार्य गरी प्राविधिक विषयमा विद्यालय तहमै ज्ञान दिन गरेको कामको प्रशांसा गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार