कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सर्वोच्चले भाेलिदेखि पेसी तारिखका लागि स्वचालित (अटाेमेसन) लागू गर्ने

न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न भाेलिदेखि याे प्रणाली शुरु गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः सर्वोच्च अदालतले भाेलि साेमवारदेखि पेसी तारिखका लागि स्वचालित (अटाेमेसन) लागू गर्ने भएकाे छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न भाेलिदेखि याे प्रणाली शुरु गर्न लागेको जानकारी दिनुभएको हो ।

आज आइतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको भेटमा प्रधानन्यायाधीश श्रेष्ठले अदालतभित्र हुने अनियमितता हुनै नदिन आफूले प्रविधिको प्रयोगमा जोड दिएको बताउनुभयाे । उहाँले तारिख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले याे प्रणालीकाे शुरुवात गर्नुपरेको बताउनुभयो । प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको उहाँकाे भनाइ थियाे ।

सर्वोच्च अदालतपछि काठमाण्डाै जिल्ला अदालतमा तत्काल याे प्रणाली लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उहाँले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषदबाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वाससमेत व्यक्त गर्नुभयो । मुद्दाको बोझ धेरै भएको तर दरबन्दीअनुसार न्यायाधीशसमेत नहुँदा अप्ठेराे भइरहेकाे बताउनुभयाे ।

प्रधानन्यायाधीशले न्यायालयप्रति जनआस्था जगाउने गरी समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार