कार्तिक २८, २०८३ शनिबार November 14, 2026

अन्नपूर्ण पदयात्राका लागि अग्रिम बुकिङ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पदयात्राको मुख्य याम सुरु हुनै लाग्दा अग्रिम बुकिङ आउने क्रम सुरु भएको छ । पदयात्रा पर्यटनमा आकर्षक गन्तव्य मानिएको अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आगामी अक्टोबर, नोभेम्बरका बुकिङ आउन थालेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्म पन्थीले जानकारी दिए । उनका अनुसार विशेषगरी युरोपियन राष्ट्रबाट बुकिङ आउन सुरु भएको छ ।

अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वका १० उत्कृष्ट पदमार्गअन्तर्गत पर्ने र यस याममा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू आउने गरेको उनले बताए । हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको अन्नपूर्णसँग जोडिएको अन्नपूर्ण चक्रीय पदमार्ग र आसपासका पदमार्गमा पर्यटकहरू लोभिने गरेका छन् । विगत चार दशक अघिसम्म पदयात्रामा जाने पर्यटकले भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यतालाई पछिल्लो समयमा बनेका स्तरीय होटल तथा अन्य पूर्वाधारले अन्त्य गरिदिएका छन् ।

पदयात्राको याम नजिकिँदै गर्दा पर्यटन व्यवसायी पनि त्यसको तयारीमा जुटिसकेको बताउँदै अध्यक्ष पन्थीले यस वर्ष सेप्टेम्बरका लागि भने बुकिङहरू आइनसकेको जानकारी दिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्रमा पदयात्राको क्रम सुरु भएको पाइन्छ । पदयात्रा मार्गहरू सुरक्षित नै रहेको बताउँदै पन्थीले यस याममा उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास गरिएको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार