श्रावण ४, २०८२ आइतबार July 20, 2025

पोखरा विश्वविद्यालयका उपप्राध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

बरालले बिनास्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरा विश्वविद्यालयका उपप्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

मंगलबार अख्तियारले बरालविरुद्ध दोहोरो सुविधा लिएको र अन्यत्र काम नगर्ने प्रतिबद्धताविपरीत अध्यापन गरेको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बरालले बिनास्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेस गरी ‘नन्‍टिचिङ्ग एलाउन्स’समेत लिएको हुँदा आरोपपत्र दायर गरिएको बताए ।

बरालले लिएको दोहोरो सुविधा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारको ठहर छ । उनीविरुद्ध सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार