कार्तिक २८, २०८३ शनिबार November 14, 2026

‘नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ’ – डा. महत

नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अर्थमन्त्री डा प्रकाश शरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) द्वारा आज काठमाडौँमा आयोजित ‘साना राष्ट्रको क्षमता : नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा महतले ५० देखि शतप्रतिशत छात्रवृत्ति विना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा महतले पछिल्लो समय ठूलो सङ्ख्यामा युवा आइटीमा लागे पनि करको दायरामा भने नआएको बताउनुभयो । उहाँले नेपालबाट बेलायतमा सय मिलियन पाउन्ड बराबरको सफ्टवेयर निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्रमा आर्थिक चुनौती यथावत् रहेकाले अहिलेको अर्थतन्त्रको ‘ट्रेन्ड’लाई बदल्न जरुरी रहेको धारणा राख्नुभएको थियो । उहाँले दुई छिमेकी राष्ट्रको बढ्दो अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरूप फेर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको हालको अर्थतन्त्रको अवस्थालाई बदल्न अमेरिका लगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गर्नुभयो ।

पूर्व अर्थ मन्त्री जनार्दन शर्माले नेपालका दुई छिमेकी भारत र चीनमा आर्थिक विकास द्रुत गतिमा भइरहेकाले त्यसबाट हामीले पनि सिक्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार