श्रावण ४, २०८२ आइतबार July 20, 2025

अनेरास्ववियुले आजबाट त्रिविका उपकुलपतिसहित पदाधिकारीलाई प्रवेश निषेध गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारसँग आबद्ध विद्यार्थी संगठनलाई मात्र बोलाएर वार्ता गरी निर्णय भएको २४ घण्टा नबित्दै इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा थप आन्दोलन चर्किएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका डीन, वार्ता समितिका संयोजक एवं सहायक डीन डा. सुरज लामिछाने, स्ववियुका पदाधिकारीलगायत आईओईसँग सरोकार राख्ने कसैलाई पनि नबोलाई इन्जिनियङिका विद्यार्थीलाई गुमराहमा राखी गरेको सम्झौता भन्दै सो सम्झौता मान्य नभएको उल्लेख गर्दै इन्जिनियरिङ क्याम्पस पुल्चोक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले हिजो बिहीबार इन्जिनियरिङ अध्ययन संस्थानको चाकुपाटस्थित परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा तालबन्दी गरेको छन् ।

उनीहरूले डीन कार्यालयले तोकेको वार्ता समितिसँग बसेर गरेको निर्णयलाई मात्र मान्यता दिने जनाएका छन् । स्ववियुले विज्ञप्ति जारी गर्दै शुल्क वृद्धिको निर्णय तत्काल खारेज गर्नुपर्नेलगायत ७ सूत्रीय माग राखेका छन् । स्ववियुका कोषाध्यक्ष दीप सागर ज्ञवालीले त्रिविले गरेको निर्णय हावादारी भन्दै त्यसलाई मान्यता नदिएर तालाबन्दी गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो मुख्य माग एउटै छ वार्ता समितिसँग वार्ता गरेर शुल्क खारेज गर्नुप¥यो ।’

उहाँले स्ववियुलाई बेवास्ता गरी गरेको कुनै पनि निर्णय मान्य नहुने बताउनुभयो । ‘हाम्रो आन्दोलन जारी रहे तापनि सबै परीक्षा र प्रवेश परीक्षा यथावत सञ्चालन हुनेछ ।

सरकारआबद्ध विद्यार्थी संगठनलाई मात्र बोलाएर वार्ता गरी ५ बँुदे सहमति गरेको आरोप लगाउँदै अनेरास्ववियुले आज शुक्रबारबाट त्रिविका उपकुलपतिसहित पदाधिकारीलाई प्रवेश निषेध गर्ने निर्णय गरेका छन् । उनीहरूले बिहान प्रधानमन्त्री कार्यालयल अगाडि सम्झौतापत्र समेत जलाएका थिए ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा र त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीबीच शुल्क फिर्ता गर्ने सहमति भएर आन्दोलनका सबै कार्यक्रम स्थगित भएको थियो । सो निर्णयबाट विद्यार्थीलाई धोका भएको आरोप लगाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले वार्ता समिति र स्ववियुलगायत सरोकारवाला निकायसँग वार्ता गरेपछि मात्र आन्दोलन फिर्ता हुने बताउनुभयो ।

विद्यार्थीहरूले आमरण अनशन जारी राखेपछि बुधबार शुल्क वृद्धि फिर्ता गर्नेलगायत ५ बँुदे सहमति वार्तामा भएको थियो । वार्तामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार पाँचबुँदे सहमति गरेका छन । शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने, विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र नयाँ शुल्क तोक्ने सहमति पनि भएको छ ।

हाल स्थगित भएको प्रवेश परीक्षालगायतका कार्यक्रम सञ्चालन गर्ने र आमरण अनशनलगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको थियो । सहमति गर्दा आईओईका डीन, वार्ता समितिका संयोजक र स्ववियुका पदाधिकारीको उपस्थिति थिएन ।

वार्तामा आफूलाई समावेश नगराएको र सहमतिपत्रले समस्या समाधान नहुने भन्दै ९ दिनदेखि आमरण अनशन बस्नुभएका नेविसंघ पुल्चोक इकाइका सभापति शुलभ चापागाईंले पदबाटै राजीनामा दिनुभएको छ ।

वार्तामा सरकार आबद्ध विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुकी अध्यक्ष आरती लामा, समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश लामा र अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सिंहको हस्ताक्षर थियो ।

यसअघि बढाएको शुल्क खारेजीको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेविसंघ इकाई अध्यक्ष सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनशन बसेका थिए ।

इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीयतर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका थिए सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने अनेरास्ववियुका अध्यक्ष बडालले बताउनुभयो ।

लगातार १२ दिनसम्म निरन्तर आन्दोलन जारी भएपछि आईओईको पठनपाठन अस्तव्यस्त छ । २५ गते हुने भनिएको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा स्थगित भएका छन् । सो विषयमा जानकारी लिन खोज्दा आईओईका डीन शशीधरराम जोशी सम्पर्कमा आउनुभएन । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले शुल्क खारेज नगरेसम्म आन्दोलन स्थगित नहुने स्पष्ट पार्नुभयो । उहाँले आन्दोलनको कारण प्रवेश परीक्षा र परीक्षा स्थगित नहुने तर्क राख्नुभयो । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार