कार्तिक २८, २०८३ शनिबार November 14, 2026

अमेरिकी सिनेटर क्रिस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

एमसिसी परियोजनाहरू औपचारिक रूपमा कार्यान्वयनमा गएपछि नेपाल आउने उनी पहिलो अमेरिकी प्रतिनिधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौःअमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले शुक्रबार परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन्।

उनी शुक्रबार नै काठमाडौं आइपुगेका हुन्।‘भेटमा नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्ध तथा बहुपक्षीय विषयमा छलफल भएको छ,’ परराष्ट्र मन्त्रालयले ट्विटमा उल्लेख गरेको छ।

क्रिसले सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको र भेटमा नेपालको स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी राजदूतावासले जनाएको छ।

क्रिस अमेरिकाको मेरिल्यान्डका सिनेटर हुन्। एमसिसी परियोजनाहरू औपचारिक रूपमा कार्यान्वयनमा गएपछि नेपाल आउने उनी पहिलो अमेरिकी प्रतिनिधि हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार