श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्राविधिक शिक्षालय सञ्चालक २२ दिनदेखि धर्नामा

नर्सिङ कलेज सञ्चालनका लागि एक सय श-याको अस्पताल हुनुपर्ने व्यवस्थामा परिमार्जन गर्नुपर्नेलगायतका माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिकित्सा शिक्षासँग सम्बन्धित समस्या समाधान माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालक २२ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् । उनीहरूका माग पूरा गराउने विषयमा यसबिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत अन्य सरकारी अधिकारीसँग पटक पटक छलफल भए पनि हालसम्म ठोस निष्कर्ष निस्केको छैन ।

यस पटक भने आफूहरूका माग पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने अडानसाथ धर्नालाई निरन्तरता दिएको सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले जानकारी दिनुभयो । चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा संशोधन गर्नुपर्ने, नर्सिङ शिक्षामा देखिएका समस्या समाधान गर्नुपर्ने, नर्सिङ कलेज सञ्चालनका लागि एक सय श-याको अस्पताल हुनुपर्ने व्यवस्थामा परिमार्जन गर्नुपर्नेलगायतका माग आन्दोलनकारीका छन् ।

चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको व्यवस्थालाई गलत व्याख्या गर्दै चिकित्सा शिक्षा आयोगले मुलुकभरका थुप्रै नर्सिङ तथा अन्य शैक्षिक संस्था बन्द गराएका कारण बाध्य भएर आन्दोलनमा आउनुपरेको सञ्चालकको दाबी छ । आयोगकै कारण आफूहरूको अर्बौैं रुपियाँ लगानी डुबेको सापकोटाले बताउनुभयो । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत सञ्चालनमा रहेका शिक्षालयलाई चिकित्सा शिक्षा ऐन तथा नियमावली ल्याएर अप्ठ्यारोमा पारेको सापकोटाले बताउनुभयो ।

चिकित्सा शिक्षा ऐन २०७५ सालमा आएको थियो । सोही ऐनका आधारमा २०७८ सालमा नियमावली आएको थियो । चिकित्सा शिक्षा ऐन २०७५ मा स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयको दुई वर्षभित्र एक सय श-याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार