श्रावण ४, २०८२ आइतबार July 20, 2025

शिक्षक मृत्युको शोकमा पालिकाभरका विद्यालय बन्द

पालिकाको सूचनापछि सो पालिकाभरिका ३७ वटा सामुदायिक र दुईवटा निजी विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोरखाका एक शिक्षकको मृत्यु हुँदा पालिकाभरिका ३९ वटै विद्यालय बन्द गरिएको छ। बारपाक सुलीकोट गाउँपालिका-४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधन हुँदा सबै विद्यालयमा सार्वजनिक बिदा गरिएको हो।

विगत दुई वर्षदेखि पेटको समस्याले ग्रस्त शिक्षक श्रेष्ठको सोमबार बिहान पाटन अस्पतालमा निधन भएको थियो। ​​​​​​​गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले सार्वजनिक सूचना जारी गरी सोमबार पालिकाभरिका सबै विद्यालय बन्द गरिएको हो।

पालिकाको सूचनापछि सो पालिकाभरिका ३७ वटा सामुदायिक र दुईवटा निजी विद्यालय सोमबार बन्द भएका छन्। ‘पालिकाका अध्यक्षज्यूले बन्द गर्न भन्नु भएको थियो, त्यसैले मैले सूचना जारी गरेको हुँ’, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने।

तर पालिकाका प्रमुख विष्णु भट्टले भने आफू पालिका बाहिर रहेकाले आपसी सल्लाह गरेर बन्द गरेको हुनसक्ने बताएका छन्। ‘भावनात्मक विषय भएकाले आपसमा सल्लाह गरेर बन्द गर्नु भएको हुनसक्छ’, उनले भने।

एकजना शिक्षकको मृत्यु हुँदा पालिकाका सबै विद्यालय बन्द भएको सो पालिकामा यो पहिलो पटक हो। यसले आगामी दिनका लागि नजिर पनि हुनसक्ने शिक्षा शाखाका कर्मचारी भीमकुमार श्रेष्ठले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार