श्रावण ४, २०८२ आइतबार July 20, 2025

शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार लागेको छ : मुख्यमन्त्री शाह

शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजनाका साथ अगाडि बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्या मन्दिर क्याम्पसको क्याम्पस सभामा उनले वर्तमान आवश्यकताको आधारमा शिक्षालाई गुणात्मक बनाउनका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् । “हामी शैक्षिक क्षेत्रको विकासका लागि गम्भीर छौँ । प्रदेश सरकारको स्रोतसाधनले सकेको काम गरिरहेकै छौँ”, मुख्यमन्त्री शाहले भने, “विगतको स्थिति हेर्दा शैक्षिक क्षेत्रमा ठूलो सुधार भएको छ तर वर्तमान आवश्यकतालाई हामीले पछ्याउन सकेका छैनौँ ।”

उनले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई र उच्च शिक्षा प्रदेशको मातहतमा रहने संवैधानिक व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा पनि शिक्षामा उल्झन कायमै रहेको बताए । एक पालिका एक नमुना विद्यालयको अवधारणा बनाएर त्यसलाई कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ थियो ।

“माध्यमिक तहसम्मको सबै विद्यालयमा डिजिटल लाइब्रेरी र कम्प्युटर ल्याबको व्यवस्थापन गर्ने गरी पहिलो चरणमा सरकारले योजना अगाडि बढाएको छ”, उनले भने, “त्यो सँगै शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजनाका साथ अगाडि बढ्न खोजेको छ ।”

टीकापुरलाई शैक्षिक नगरीका रूपमा विकास गर्न तत्कालीन टीकापुरका योजनाकार स्व खड्गबहादुर सिंहको योगदानलाई स्मरण गदै मुख्यमन्त्री शाहले इतिहासलाई जोगाउन सकिएन भने त्यसको पहिचान समाप्त भएर जान सक्ने बताए । “राष्ट्रलाई सबल, सक्षम र अर्थतन्त्रमा बलियो बनाउनका लागि शिक्षा र पर्यटन क्षेत्रको विकास समयानुकूल हुनुपर्छ, होइन भने स्थितिले नकारात्मक नतिजा पनि दिन सक्छ । जुन अहिले अध्ययनकै लागि विदेशिनेको लर्को छ”, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार