कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सर्लाहीमा आईतबार बिहान आठ बजेसम्मका लागि कर्फ्यू आदेश जारी

कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच झडप उत्पन्न भएपछि थप तनाव थप बढ्न नदिन कर्फ्यू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच झडप उत्पन्न भएपछि थप तनाव थप बढ्न नदिन आज बेलुका ५ बजेदेखि भोलि विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेश जारी हुने क्षेत्रमा नगरको पूर्वमा झिम नदि, पश्चिमा मुसौली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी क्षेत्रसम्म रहेको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्वारा जारी आदेशमा उल्लेख छ ।

हिजो साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो ।

शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएपछि स्थानीय प्रसाशनले कफ्यु आदेश जारी गरेको हो ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार