श्रावण ५, २०८२ सोमबार July 21, 2025

विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

हिउँ पर्ने समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दोलखाको भिमेश्वर नगरपालिका–९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ ।

विद्यालय भवन नहुँदा कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा ४० जना विद्यार्थी कष्ठकररुपमा अध्ययन गर्न बाध्य छन् । भूकम्पपछि विद्यालय भवन दाताले सामान्यजस्ताका टहरा निर्माण गरिदिएपनि पक्की भवन निमार्ण हुन सकेको छैन ।

विद्यालय प्राङ्गणमा खेल मैदानसमेत छैन । विद्यार्थीहरु आधा घण्टाको दूरीमा रहेको मैदानमा खेल खेल्न जाने गरेको विद्यालयका प्रधानाध्यापक नारायण खड्काले बताए । उनका अनुसार टहरामा घाम लागेको बेला अत्यधिक गर्मी हुने र पानी परेको समयमा आवाजले पढ्न नसकिने अवस्था छ । साथै हिउँ पर्ने समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

लामो समयदेखिको खानेपानीको समस्या गत आइतबार मात्रै समाधान भएको छ । स्कुल अफ डेमोक्रेसीका अध्यक्ष प्रभुराम श्रेष्ठले खानेपानीको पाइप र ट्याङकीसहित सुविधा उपलब्ध गराएपछि राहत मिलेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया