असार २३, २०८२ सोमबार July 7, 2025

तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ : उपराष्ट्रपति यादव

नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताएका छन् । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उनले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताए ।

उनले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाडबाड मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना सबैले गर्नुपर्ने बताए । उनले हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान पर्व भएको उल्लेख गरे ।

हरेक वर्षको भाद्र शुक्ल तृतीयामामा मनाउने यो वर्षको अघिल्लो रात द्वितीया दर खाएर तीजको दिन व्रत बस्ने चलन रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले चौथीका दिन स्नान गरी ब्रतको पारण गरी खाना खाने र तीजको तेस्रो दिन ऋषिपञ्चमी का दिन व्रतालुहरुले दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने परम्परा रहेको बताए ।

तीजमा विवाह गरेर गइसकेकी छोरीचेलीलाई माइतीबाट बाबु वा दाजुभाइले भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलनले माइती र चेलीबीचको आपसी सम्बन्धलाई प्रगाढ र बलियो बनाउने उनको भनाइ छ । “यो अवसरमा दिदीबहिनीबीच हुने भेटघाटले चेलीहरुको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइ दिन्छ”, उपराष्ट्रपतिले शुभकामनामा भनेका छन्, “तर यो पर्वका अवसरमा सामाजिक सद्भाव र मेलमिलापलाई नै धुलमुल्याउने गलत संस्कृति र प्रवृतिलाई निस्तेज गर्नुपर्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार