असार २२, २०८२ आइतबार July 6, 2025

आइएमईले ल्यायो दशै तिहार तथा छठ योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । मुलुकको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले दशैं,तिहार र छठला लक्षित गर्दै उपहारसहितको योजना सार्वजनिक गरेको छ ।

आइएमईले ‘दशैंमा बीस लाख’योजना सार्वजनिक गरेको छ । कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार यो योजना आइतबारदेखि मंसिर मसान्तसम्म कार्यान्वयनमा आउने जनाएको छ ।

योजना अवधिमास्वदेश तथा विदेशबाट आइएमई गर्ने सबै सेवाग्राही सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेजनाइएको छ ।

कम्पनीका अनुसार यो अवधिमा कारोबार भएकालाई आइएमईको सफ्टवेयर पद्वतिमा लिंक गरि ‘लक्की ड्र’ बाट छनोट गरिनेछ।

कम्पनीका अनुसार हरेक दिन १० जनाले‘आइएमई पे’मार्फत एक हजार रुपैयाँको बिल भूक्तानी, हरेक हप्ता एक जनालाई १० हजारनगद, हरेक महिना एक जनालाई एक लाख रुपैयाँ र वम्पर उपहार एक जनाले २० लाखरुपैयाँ नगद पाउनेछन्।

‘लक्कीड्र’बाट छानिएका विजेताले सेवाग्राहीको सिफारिश अनुसार नेपालमा बस्ने आफन्तले पुरस्कार लिन पाउने कम्पनीले जनाएको छ। सेवाग्राहीले आइएमईको

जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजनाअवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ ।

आइएमईमा कार्यरत कर्मचारी,संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताले पाउने पुरस्कारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार