असार ५, २०८३ शुक्रबार June 19, 2026

आइएमईले ल्यायो दशै तिहार तथा छठ योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । मुलुकको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले दशैं,तिहार र छठला लक्षित गर्दै उपहारसहितको योजना सार्वजनिक गरेको छ ।

आइएमईले ‘दशैंमा बीस लाख’योजना सार्वजनिक गरेको छ । कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार यो योजना आइतबारदेखि मंसिर मसान्तसम्म कार्यान्वयनमा आउने जनाएको छ ।

योजना अवधिमास्वदेश तथा विदेशबाट आइएमई गर्ने सबै सेवाग्राही सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेजनाइएको छ ।

कम्पनीका अनुसार यो अवधिमा कारोबार भएकालाई आइएमईको सफ्टवेयर पद्वतिमा लिंक गरि ‘लक्की ड्र’ बाट छनोट गरिनेछ।

कम्पनीका अनुसार हरेक दिन १० जनाले‘आइएमई पे’मार्फत एक हजार रुपैयाँको बिल भूक्तानी, हरेक हप्ता एक जनालाई १० हजारनगद, हरेक महिना एक जनालाई एक लाख रुपैयाँ र वम्पर उपहार एक जनाले २० लाखरुपैयाँ नगद पाउनेछन्।

‘लक्कीड्र’बाट छानिएका विजेताले सेवाग्राहीको सिफारिश अनुसार नेपालमा बस्ने आफन्तले पुरस्कार लिन पाउने कम्पनीले जनाएको छ। सेवाग्राहीले आइएमईको

जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजनाअवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ ।

आइएमईमा कार्यरत कर्मचारी,संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताले पाउने पुरस्कारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार