श्रावण ५, २०८२ सोमबार July 21, 2025

लटिनाथ आधारभूत विद्यालयका शिक्षक गडाल एक महिनादेखी वेपत्ता

प्रहरीमा निवेदन दिए पनि उनको अहिलेसम्म पत्ता लाग्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डिलासैनी गाउँपालिका-२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर गडाल बेपत्ता भएको २८ दिन वितेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार गडाल भदौ ५ गते बेपत्ता भएका थिए। उनी सोही गाउँपालिकाको लटिनाथ आधारभूत विद्यालयका शिक्षक हुन्।

भदौ ५ गते स्कुलबाट निस्किएका गडाल घर नपुगेपछि ६ गते साँझ परिवारले प्रहरीमा निवेदन दिए पनि उनको अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

परिवारले निवेदन दिएपछि प्रहरीले खोजी गरेको हो। खोजी गर्नेक्रममा प्रहरीले गन्नागाड (खोला) झर्नेबाटोबाट छाता, टोपी, मोबाइल, चप्पल भेटाएको जनाएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया