कार्तिक २८, २०८३ शनिबार November 14, 2026

बढी शुल्क लिने र पैसा लिएर विदेश नपठाउने दुई म्यानपावर कारबाहीमा

रोजगारीका लागि युक्रेन, रोमानीया र पोल्यण्ड पठाउने भन्दै रकम लिई नपठाएको र लिएको रकम समेत श्रमिकलाई फिर्ता नगरेपछि कारवाहीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः वैदेशिक रोजगारीमा पठाउन श्रमिकसँग बढी शुल्क लिने र पैसा लिएर पनि विदेश नपठाउने दुई म्यानपावर कम्पनी कारबाहीमा परेका छन् ।

रोजगारीका लागि युक्रेन, रोमानीया र पोल्यण्ड पठाउने भन्दै रकम लिई नपठाएको र लिएको रकम समेत श्रमिकलाई फिर्ता नगरेपछि विभागले युनाइटेड म्यानपावर एजेन्सी प्रालिलाई निलम्बन गरेको छ । श्रमिकहरूबाट रकम लिएर यो म्यानपावरले लामो समयसम्म पनि रोजगारीका लागि पठाएको थिएन ।

आफूले तिरेको रकम फिर्ता माग्दा समेत नदिएपछि श्रमिकहरूले विभागमा उजुरी गरेका थिए । विभागले म्यानपावरका सञ्चालकलाई पटक पटक सम्पर्क गरी ऐन अनुसार रकम फिर्ता गरी मुद्दाको फरफारकका लागि अनुरोध गरे पनि नटेरेपछि निलम्बन गरेको जनाएको छ । यस्तै वैदेशिक रोजगारीमा श्रमिक पठाउन युरो एसिया एचआर सोलुसन प्रालिले बढी रकम लिएको पाइएपछि लिएको बढी रकम श्रमिकलाई नै फिर्ता गराई विभागले एक लाख रुपैयाँ जरिबाना गराएको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीका अनुसार भिसा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च लगायतका नाममा लाग्ने भन्दा बढी रकम लिएको भन्दै म्यानपावरलाई आउँदा दिनमा यस्तो कार्य नदोहोर्‍याउन निर्देशनसहित एक लाख रुपैयाँ जरिवाना गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार