कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

पाकिस्तानमा ७० बर्षिया बुद्धा र ३५ बर्षिया युवकको बिहेको चर्चा चुलियो

३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः तपाईले सामाजिक सञ्जालमा अनौठो विवाह देख्नु भएको होला । जसमा प्रेमीले आफ्नो प्रेमीलाई मनाउन हरसम्भव प्रयास गर्छ ।

तर यो समाचार सामाजिक सञ्जालका समाचारहरूभन्दा केही फरक हुनसक्छ । हो, यो ३५ वर्षकी दुलहाले ७० वर्षकी वृद्धासँग विवाह गरेको कुरा हो । यो समाचार पाकिस्तानको हो । यो बिबाहले फेरी चर्चा पाएको छ ।

३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए । उनले क्यानडाकी ७० वर्षीया मेरीसँग फेसबुकमार्फत भेट गरेका थिए ।
यी दुईबीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरु एकअर्काको प्रेममा पर्न थाले । त्यो मायाको ज्वरोले ७० वर्षकी मेरी र नईम शहजादको बिबाहमा परिणत गराउने कार्य गरयो ।

पाकिस्तानका नइमले सन् २०१२ मा फेसबुकमार्फत दुवै नजिक भएको बताए । दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए । सन् २०१५ मा क्यानडाकी ७० वर्षीया मेरीले उनलाई प्रपोज गरेकी थिइन् । तर, दुवैले सन् २०१७ को अगस्टमा क्यानडामा विवाह गरेका थिए । तर यही क्रममा नइमले भिसासम्बन्धी समस्या झेल्न थाले । जसका कारण दुवै क्यानडामा सँगै बस्न सकेनन् ।

७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान गएकी थिइन् । यसै क्रममा मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन् । केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन् । तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन् ।

उनीहरुको सम्बन्धको बारेमा कुरा गर्दै पाकिस्तानका नईम भन्छन्,  मेरी मानसिक रूपमा विचलित थिइन् । उनी निकै बूढो भइसकेका छिन् । उनी आर्थिक रुपमा पनि कमजोर छिन् । मामूली पेन्सनमा मात्रै बाँचेकी छिन् । हामी बीचको उमेरको भिन्नता के हो ? मलाई मतलब छैन। अब मरियम मेरी पत्नी हो।’

उनीहरुको घरमा महँगो सामान नरहेको र उनीहरु दुबैले सामान्य जीवन बिताइरहेकोसमेत उनले बताए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नवनियुक्त इयु राजदूत ह्वाइटली र परराष्ट्रमन्त्री खनालबिच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १७, मंगलबार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार
देशभर लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी, एकै दिन १२ जिल्लामा प्रहरीको एक्सन
२०८३ कार्तिक १७, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३ कार्तिक १७, मंगलबार
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि भोलि नेपाल आउँदै
२०८३ कार्तिक १७, मंगलबार
आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक, सापकोटा प्रकरणले पाउन सक्छ प्राथमिकता
२०८३ कार्तिक १७, मंगलबार
सुनको मूल्य बढ्योः चाँदीको घट्यो
२०८३ कार्तिक १७, मंगलबार