असार २१, २०८२ शनिबार July 5, 2025

विदेशीको सहयोगमा कोशी नामाकरण विरुद्ध मान्छे ल्याउन थालियो : मुख्यमन्त्री कार्की

कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । शनिबार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पिपीएलए)को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपर्थ्यो, त्यसरी उठेन, बरू एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।’तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठीक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।

कोशी नामकरणविरूद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौँदेखिका मानिस ल्याउन थालिएको दाबी गरे । उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाए ।

मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकामा आश्चर्य व्यक्त गरे । सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायी सहभागी थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार