कार्तिक २८, २०८३ शनिबार November 14, 2026

उपराष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

यसै दिन विष्णुको पूजा–उपासनापछि उहाँलाई रक्षा सूत्र बाँधेपछि श्रद्धालुले पनि पाखुरामा विशेष खालको अनन्त डोरो (धागो) बाँध्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

कुमारी इन्द्रजात्रा पर्व, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, दीर्घायु, समृद्धि र सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रा चाडपर्व, उत्सव, महोत्सव आदिले मुलुकमा शान्ति र प्रगति एवं पारिवारिक सुख, दीर्घायु तथा सु–स्वास्थ्यको कामना गर्नु मूल मर्म, ध्येय र सकारात्मक सन्देश बोकेका छन् ।”

विविधतामा एकताको सन्देश सञ्चार गर्ने धार्मिक जात्रा र पर्व भूगोल, क्षेत्र र समुदायअनुसार मनाउने चलन, परम्परा, विधि–विधान र अनुष्ठान फरक–फरक भए पनि सबैको सारतत्व एवं उद्देश्य समाज र देशमा धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मित्रवत्, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नुपर्ने उहाँको भनाइ छ ।

कुमारी इन्द्रजात्रा नामले प्रसिद्ध यो पर्वमा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजा–अर्चना गर्ने परम्परा र संस्कृति परापूर्वकालदेखि रहिआएको छ ।

इन्द्रजात्राका अवसरमा ठड्याउने लिङ्गो (ध्वजा) र विश्वमै अनौठो चलन जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो । नेवाः समुदायले येँयाः भनेर पनि मनाउने इन्द्रजात्रा काठमाडौँ उपत्यकालगायत नेपालको विभिन्न भूभागमा धुमधामका साथ मनाउने प्रचलन छ ।

यसमा कुमारी, भैरव र गणेशको रथयात्रा पनि गर्ने परम्परा छ । यस पर्वमा विभिन्न मौलिक नाच र देवी–देवताको प्रदर्शन गर्नुले सांस्कृतिक र धार्मिक परम्परालाई जीवन्त बनाउन सहयोग पुग्दछ ।

काठमाडौँ उपत्यकाका रैथाने समुदाय/जातजातिले आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा इन्द्रजात्रा मनाउनुले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न मद्दत गर्दछ । तराई–मधेसतिर हरेक वर्षको भाद्रपद शुक्ल पक्ष चतुर्थीको दिन देवी लक्ष्मी र भगवान् विष्णुको विधि–विधानअनुसार पूजा–अर्चना गर्दै अनन्त चतुर्दशी (अनवत) बनाउने परम्परा छ ।

यसै दिन विष्णुको पूजा–उपासनापछि उहाँलाई रक्षा सूत्र बाँधेपछि श्रद्धालुले पनि पाखुरामा विशेष खालको अनन्त डोरो (धागो) बाँध्ने प्रचलन छ । यसले सुख, शान्ति, गृहक्लेशको अन्त्य, धन–धान्यमा वृद्धि र शुभलाभ हुने धार्मिक मान्यता रहिआएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार