श्रावण ५, २०८२ सोमबार July 21, 2025

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा ८० प्रतिशतसम्म छुट

असोज ७ गतेदेखि ललितपुरको पुलचोकमा रहेकाे साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठक तानिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठकले उल्लेख्य उपस्थिति जनाएका छन् ।

असोज ७ गतेदेखि ललितपुरको पुलचोकमा रहेकाे साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठक तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ ।

आजसम्म पाठक उल्लेख्य उपस्थित भएका र अझै २२ गतेसम्ममा धेरैले उपस्थिति जनाउने अपेक्षा आफूहरूको रहेको साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताउनुभयो । उहाँले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रूपमा रहेको र बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको जीवनीलाई पुनःमुद्रण गरेर प्रदर्शनीमा राखिएको बताउनुभयो ।

घिमिरेले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र पाँच सयभन्दा बढी विधाका पुस्तक प्रदर्शनीमा राखिएको जनाउनुभयाे । उहाँले पहिला आख्यानहरू धेरै बिक्री हुने गरे पनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुचि बढ्दै गएको बताउनुभयो । देशभर गरेर ४० लाख रुपैयाँसम्मको पुस्तक बिक्री हुने उहाँकाे अनुमान छ ।

प्रदर्शनीमा आउनुभएका शरद् प्रधानले कतिपय पुस्तक पुनः प्रकाशनमा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएका कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

साझा प्रकाशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तक जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकमा पाठकको चाहना बढेकाले पुराना पुस्तक बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरूको भएको निमित्त महाप्रबन्धक घिमरिले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार